परिचय
पछिल्ला वर्षहरूमा मलेसियामा नेपाली आप्रवासी कामदारको योगदान उल्लेखनीय रहेको छ। नेपालले आफ्नो कुल गार्हस्थ्य उत्पादनको झण्डै एक तिहाइ हिस्सा विप्रेषण -रेमिट्यान्स)बाट प्राप्त गर्छ। विश्व बैंकको एउटा प्रतिवेदन अनुसार सन् २०१८ मा नेपाली आप्रवासी कामदारहरूले कुल ८ अर्ब १० करोड अमेरिकी डलर बराबरको रकम घरमा पठाएका थिए। त्यसले नेपाल विश्वमामा आप्रवासीहरूले स्वदेश पठाउने रकमका हिसाबले १९औँ नम्बरमा आउने देखाउँछ।
सन् २००८ देखि नेपाल सरकारले श्रम आप्रवासनसम्बन्धी अभिलेख राख्न थालेयता नेपाली कामदारका लागि मलेसिया श्रम आप्रवासनको प्रमुख गन्तव्यका रूपमा रहेको छ। सन् २०१९ मा मलेसियास्थित नेपाली नियोगले जनाए अनुसार त्यहाँ करिब पाँच लाख नेपालीहरू रहेका छन्। सन् २०१८/ १९ मा नेपाल सरकारले जारी गरेको कुल श्रम स्वीकृतिमध्ये ४=२३ प्रतिशतले मलेसियामा काम गर्न त्यस्तो स्वकृति लिएका थिए -आईओएम, २०१९)।
मलेसिया व्यापक रूपमा विदेशी आप्रवासी कामदारमा निर्भर छ। उसको कुल श्रमशक्तिमध्ये लगभग १४ प्रतिशत हिस्सा विभिन्न देशका नागरिकहरूको छ। त्यो भनेको लगभग १५ लाख कामदारको सङ्ख्या हो -तथ्याङ्क विभाग मलेसिया, २०२०)। धेरै नेपालीहरू उत्पादन, सेवा, कृषिसहित निर्माण क्षेत्रमा कार्यरत छन् -अध्यागमन विभाग मलेसिया, २०२०)।
मानवका रूपमा तथा मलेसिया र नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदानकर्ताको रूपमा उनीहरूको पक्षका कथाव्यथा र अनुभवहरू यथार्थ रूपमा अभिलेखित गर्ने कार्य नहुनुका साथै त्यसबारे उनीहरूको कतै पनि प्रशंसासमेत गरिएको छैन।
नेपाल- मलेसिया करिडोर मुख्यत: तीनवटा अनुसन्धानका विषय -“वर्क प्याकेज”) मा केन्द्रित छ:
- वर्क प्याकेज वान -लैङ्गिक असमानता)ले आप्रवासन र आवतजावतलाई लैङ्गिक दृष्टिकोणबाट अध्ययन गर्ने गर्छ।
- वर्क प्याकेज फोर -आप्रवासी दृष्टिकोण, ज्ञान र निर्णय)ले यी तत्वहरूले प्रवासीहरूको व्यक्तित्वलाई कसरी प्रभाव पार्छ र त्यसले आकार लिन्छ अनि ती कुराहरू अनुभव र समयसँगै कसरी विकसित हुन्छन् भन्ने अध्ययन गर्छ।
- वर्क प्याकेज फिफ्थ -मध्यस्थकर्ता)ले नेपाल - मलेसिया करिडोरमा आप्रवासीको रोजगारीमा भर्ती र उनीहरूको आवतजावतसम्बन्धी सहजीकरणको अध्ययन गर्छ।
यो पुस्तिकाले नेपाल-मलेसिया करिडोर अन्तर्गत मलेसियाको तर्फबाट आएका प्रारम्भिक तथ्यहरु प्रस्तुत गर्छ: