यी तस्बिरहरू MIDEQ नेपाल टोलीका सदस्यहरूः स्वस्तिका घिमिरे, अनिता घिमिरे, इप्सा पौडेल र बिनिता कार्कीले निर्माण गरेका हुन् र अपूर्व प्रेस, डिल्लीबजारले प्रकाशित गरेका हुन्।

परिचय

यो पुस्तक माइग्रेसन फर डेभलपमेन्ट एन्ड इक्वालिटी हब (MIDEQ) को फ्लेग्जिबल फन्डिङ अन्तर्गतको परियोजनाको एक भाग हो । युकेआरआई ग्लोबल च्यालेन्जेज रिसर्च फन्ड (GCRF) (अनुदान सन्दर्भ: ES/S007415/1) द्वारा वित्तीय सहयोगप्राप्त MIDEQ ग्लोबल साउथका सन्दर्भमा प्रवास र असमानताबीचको जटिल र बहुआयामिक सम्बन्ध खोतल्ने प्रयास गर्छ । MIDEQ ले आप्रवासन र त्यसका असरबारेको ज्ञानलाई विश्वको उत्तरी भूगोलबाट धेरैजसो बसाइँसराइ हुने देशतर्फ विकेन्द्रित गरी विश्वको उत्तरी क्षेत्रको परिप्रेक्ष्यमा बसाइँसराइ र असमानताबीचको सम्बन्धको बुझाइलाई रुपान्तरण गर्ने लक्ष्य राख्छ (थप www.mideq.org मा हेर्नुहोस्) ।

MIDEQले ग्लोबल साउथमा हुने बसाइँसराइ, अर्थात् दक्षिणी देशहरूबाट दक्षिणी देशमै वैदेशिक रोजगारीका लागि ६ वटा बसाइँसराइका करिडोरको अन्वेषण गर्दछ। नेपाल–मलेसिया आप्रवासन ती करिडोरमध्ये एक हो । NISER नेपाल-मलेसिया करिडोरको लागि MIDEQको साझेदार हो। NISER नेपाल सरकारमा विधिवत रूपमा दर्ता भएको स्वतन्त्र अनुसन्धान संस्था हो र यसले विभिन्न समसामयिक मुद्दाहरू र हस्तक्षेपहरूको प्रभाव-मूल्याङ्कनमा अनुसन्धान गर्छ।

यो पुस्तक सप्तरीका वैदेशिक रोजगारीमा गएका व्यक्ति, आप्रवासबाट फर्केका र उनीहरुका परिवार सदस्यसँग लामो समयसम्म संलग्न रहेर सम्पन्न गरिएको अनुसन्धानको परिणाम हो, र उक्त संलग्नताबाट सिर्जित आप्रवासन–विकास विषयमा विरलै लेखिएका परिवारको अनुभव र भावनालाई आवाज दिने इच्छाको उपज हो । सन् २०२३ मा हाल मलेसियामा काम गरिरहेका आप्रवासी, आप्रवासीका श्रीमती र, आप्रवासी र गैर–आप्रवासी परिवारका बालबालिकासंग सञ्चालित चित्रकला कार्यशालामा सहभागीलाई चित्र बनाई आफ्ना कथा, भावना र विचार अभिव्यक्त गर्न आग्रह गरिएको थियो । नेपाल र मलेसियामा आयोजित कार्यशालामा आप्रवासीका श्रीमती, आप्रवासी परिवारका बालबालिका, गैरआप्रवासी परिवारका बालबालिका र नेपाली आप्रवासीहरु सहभागी थिए ।

आप्रवासी कामदारका श्रीमती र छोराछोरीका लागि सप्तरीको राजबिराजमा कार्यशाला आयोजना गरिएको थियो, जसका लागि परियोजनाले WCCDC सँग साझेदारी गरेको थियो । कार्यशालामा १०५ आप्रवासीका श्रीमती, आप्रवासी परिवारका ७६ बालबालिका, गैरआप्रवासी परिवारका ३८ बालबालिकाको सहभागिता थियो । हालका आप्रवासीका लागि कार्यशाला मलेसियाको क्वालालम्पुरमा मलेसियामा काम गर्ने कामदारको मानवअधिकारका लागि काम गर्ने गैरसरकारी संस्था नर्थ–साउथ इनिसियटिभ (NSI) को सहयोगमा गरिएको थियो (थप विवरणका लागि https//nsinitiative.net हेर्नुहोस्) । चित्रकला कार्यशालामा ९ महिनादेखि ९.५ वर्षसम्म मलेसियामा कार्यरत ३१ नेपाली आप्रवासी सहभागी थिए । यो कार्यशालामा सहभागीहरुलाई वैदेशिक रोजगारी र/ वा नेपालमा बसेका परिवारबारे चिन्तन गर्न भनियो । गैर–आप्रवासी परिवारका बच्चाहरुका लागि हाल वैदेशिक रोजगारीमा रहेका व्यक्ति र बच्चालाई एक चरणको चित्रकला कार्यशाला आयोजना गरियो भने आप्रवासी कामदारका पत्नीहरुका लागि दुई पटक चित्रकला कार्यशाला सञ्चालन गरिएको थियो । दुई चरणको चित्रकला कार्यशालाबीच आप्रवासीका श्रीमतीहरुका लागि तीनदिने अभिमुखीकरण कार्यशाला पनि आयोजना गरिएको थियो (https://nsinitiative.net/)

यस पुस्तकले घरपरिवार छोडेर नेपालबाट वैदेशिक रोजगारीमा जाने पुरूष, घरमै छोडिएका र श्रीमान्/ बुवाको अनुपस्थिति सहन बाध्य श्रीमती/ छोराछोरीका भावना र अनुभवलाई चित्रकलाका माध्यमले प्रस्तुत गरेको छ । पुस्तकका कथाहरु सहभागीहरुसँगको अन्तर्वार्तालाई मुख्य आधार बनाएर सिर्जना गरिएका हुन् । चित्र र कथा सहभागीको सहमतिमा प्रयोग गरिएको हो । आप्रवासनका क्षेत्रमा काम गर्ने र आप्रवासी कामदार, उनीहरुका परिवार, छोराछोरी र जीवनसाथीको जीवन, समुदाय, नेपाल र गन्तव्य देशमा सकारात्मक प्रतिफलका लागि प्रभाव पार्न सामथ्र्य राख्ने सबै सरोकार वालासमक्ष आप्रवासी र उनीहरुका परिवारका सदस्यहरुको आवाज पुस्तकमार्फत पुर्याउन मध्यस्थकर्ताका रुपमा काम गर्ने हाम्रो उद्देश्य हो ।

दुइ देश तिन कथा - भाग १

PDF 12.4 मेगाबाइट

दुइ देश तिन कथा - भाग २

PDF 8.4 मेगाबाइट

दुइ देश तिन कथा - भाग ३

PDF 3.0 मेगाबाइट